नेपाल टेलिभिजनकी पहिलो महिला छायाँकार विष्णु पन्थी सम्मानित 

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकास्थित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ले आफ्नो दशौँ स्मृति दिवसको अवसरमा नेपाल टेलिभिजन (एनटीभी) की पहिलो महिला छायाँकार विष्णु पन्थीलाई विशेष सम्मान गरेको छ ।

आइतबार नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक समारोहबीच प्रतिष्ठानले पत्रकारिता र सञ्चारको प्राविधिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सम्मान पत्र र ताम्रपत्रद्वारा सम्मानित गरेको हो ।

नेपालको सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनको इतिहासमा पहिलो महिला छायाँकारको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पन्थी, विगत लामोसमयदेखि यस क्षेत्रमा क्रियाशील छिन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै