काठमाडौं । राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा शुरु भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गरे ।
प्रतियोगितामा कोशी, मधेश, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम गरी सातै प्रदेश तथा विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ र महेन्द्र पुलिस क्लबका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समुहमा प्रतिस्पर्धा भइरहेको कार्यक्रम संयोजक रामकुमार थारुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद एक लाख र दोस्रो हुने समु्हलाई ५० हजार पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका डोजोका खेलाडि उत्कृष्ठ खेलाडिहरु रेहान जावेद र निरुमा दोङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






