पवित्र तीर्थस्थल देवघाटधाममा सोमबार देखि १० दिने ‘शतचण्डी महायज्ञ एवम् देवघाट माघ–महोत्सव’ भक्तिमय वातावरणमा सुरु भएको छ । दुर्गा पञ्चायन मन्दिरको जीर्णोद्धार र आश्रम निर्माण गर्ने उद्देश्यका साथ आयोजित यस महोत्सवको समुद्घाटन देवघाटका विभिन्न प्रसिद्ध आश्रमका पीठाधीश तथा सन्त महन्तहरूले संयुक्त रूपमा गरेका हुन् । प्रसिद्ध भागवत वाचक आचार्य शीतल कृष्णको सङ्कल्पमा सुरु भएको यस अनुष्ठानमा महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, ईश्वरकृष्ण महाराज लगायतका धार्मिक व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
यो महोत्सव विशेषगरी माघ महिनाको धार्मिक महत्त्वलाई ध्यानमा राखेर आयोजना गरिएको हो। त्रिशूली र कालीगण्डकीको संगम स्थल आदिप्रयागमा माघ महिनाभर स्नान गर्नाले अश्वमेध यज्ञ बराबरको फल प्राप्त हुने र पुण्य आर्जन हुने जनविश्वास छ ।
यही अवसरमा देशका विभिन्न भागबाट आउने भक्तजनहरूलाई देवघाटधामको महिमा बुझाउन र मकर स्नानको लागि निमन्त्रणा गर्न यो कार्यक्रम प्रभावकारी माध्यम बनेको छ । महोत्सवको सुरुआतमा देवघाटको वेणी संगमबाट भव्य कलशयात्रा निकालिएको थियो, जसले स्थानीय क्षेत्रमा ठुलो उत्साह ल्याएको छ ।
महोत्सव अवधिभर तनहुँतर्फको मन्दिर परिसरमा १११ चण्डी पाठ र विगत ४० वर्षदेखि अखण्ड रूपमा प्रज्वलित अग्निधुनीमा हवन भइरहेको छ भने चितवनतर्फ नारायणी किनारमा देवी प्रतिभा र आचार्य शीतल कृष्णबाट संगीतमय कथा वाचन भइरहेको छ । हरेक साँझ भजन, नृत्य र गण्डकी आरतीले देवघाटको वातावरणलाई थप आध्यात्मिक बनाएको छ । माघ २९ गतेसम्म चल्ने यस धार्मिक महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाउने र यसले राष्ट्र शान्ति एवम् मानव कल्याणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






