काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जनतालाई सुख दिन नसक्ने भए दुख पनि नदिन चेतावनी दिएका छन् । निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्र सर्लाहीमा पुगेका सभापति थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको आरोप लगाउँदै यदि यस्तो नियतमा सुधार नभए मुट्ठी कसेर सडकमा आउन वाध्य हुने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र साहले जनकपुरको चुनावी सभामा यहाँका मानिसहरू अधिकार माग्न काठमाडौँ जानु पर्दैन भनेको स्मरण गराउँदै उनले वर्षौँदेखि मधेशका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा वर्तमान सरकारले खोसेकोमा आपत्ति जनाए । उनले मधेशी नागरिकहरुको त्यो अधिकार नखोस्न र तत्काल सुचारु गर्न पनि चेतावनी दिए ।
त्यसका साथै पेट्रोलियम पदार्थको महँगी बढेर जनताको भान्सामा बिजोक भएको उनले दाबी गरे । सीमानामा गएर १०० रुपैयाँको सामान ल्याउँदा गृहिणी महिलाको झोला खोतलेर सरकारले जनताको अपेक्षामा तुषारापात गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





