काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जनतालाई सुख दिन नसक्ने भए दुख पनि नदिन चेतावनी दिएका छन् । निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्र सर्लाहीमा पुगेका सभापति थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको आरोप लगाउँदै यदि यस्तो नियतमा सुधार नभए मुट्ठी कसेर सडकमा आउन वाध्य हुने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र साहले जनकपुरको चुनावी सभामा यहाँका मानिसहरू अधिकार माग्न काठमाडौँ जानु पर्दैन भनेको स्मरण गराउँदै उनले वर्षौँदेखि मधेशका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा वर्तमान सरकारले खोसेकोमा आपत्ति जनाए । उनले मधेशी नागरिकहरुको त्यो अधिकार नखोस्न र तत्काल सुचारु गर्न पनि चेतावनी दिए ।
त्यसका साथै पेट्रोलियम पदार्थको महँगी बढेर जनताको भान्सामा बिजोक भएको उनले दाबी गरे । सीमानामा गएर १०० रुपैयाँको सामान ल्याउँदा गृहिणी महिलाको झोला खोतलेर सरकारले जनताको अपेक्षामा तुषारापात गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने



ट्रेन्डिङ
खबरमुकाम






