काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन पनि संशोधन गर्ने भएको छ । उक्त ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने भएको हो ।
उक्त ऐन संशोधन गर्नका लागि सरकारले राष्ट्रपति भवन शीतल निवासमा नयाँ अध्यादेश पठाएको छ । यस अघि सातवटा अध्यादेश पठाएको सरकारले आठौं अध्यादेशका रुपमा सम्पत्त शुद्धीकरण अध्यादेश लगेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भने दुईवटा अध्यादेश मात्र प्रमाणिकरण गरेका छन् । हिजो सहकारी अध्यादेश र खरिद नियमावली संशोधन अध्यादेश जारी भएका हुन् ।
अन्य अध्यादेश भने अन्योलमा छन् । राष्ट्रपति पौडेलले बिहीबार अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा कानूविदहरुसँग परामर्श गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







