काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले बालेन्द्र साह नेतृत्वको सरकारले एकसय दिन पनि नपुग्दै जनविरोधी कार्य गरेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी र मजदुरविरोधी काम गरिरहेको भन्दै कडा आलोचना गरेका हुन् ।
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सय दिन पनि नपुग्दै गलत बाटोमा हिँड्न थालेको भन्दै नसच्चिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेता नेपालले सरकारले सुकुम्बासी, मजदुर, ट्रेड युनियन अधिकार, जनताको आवास र रोजगारीको अधिकारमाथि बेवास्ता गर्दै दमनको नीति लिएको आरोप लगाए । उनले सरकारका पछिल्ला कदमहरू जायज र उचित नभएको दाबी गर्दै यस्ता गलत कामको डटेर विरोध गर्न पार्टीसम्बद्ध मजदुर नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






