काठमाडौं । रोल्पामा २० जनाको ज्यान जानेगरी जीप दुर्घटना भ्एको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर शोक जनाएको छ । बिहीबार भएको दुर्घटनाको विषयमा शनिबार प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकाले दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको बताएको हो ।
‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २स्५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस हृदयविदार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो ।’
गत बिहीबार भएको जिप दुुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ ।
दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा थप तीनवटा अध्यादेश जारी
- धरानमा प्रदर्शनमा उत्रिएका सुकुम्बासीलाई दलहरुको पनि साथ
- रोल्पामा जीप दुर्घटना भएको तीन दिनपछि प्रधानमन्त्री कार्यालयको विज्ञप्ति
- कमल अधिकारीको शब्द र संगीतमा ‘बिस्तारै–बिस्तारै’ सार्वजनिक (भिडियो सहित)
- आज यी ठाउँमा चलाइयो डोजर
- संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वरले पनि दिए राजीनामा
- तरकारी किन्दै हुनुहुन्छ ? आजको मूल्य थाहा पाउनुहोस्
- भूमाफियासँग मिलेर खेतीयोग्य जमिन मास्ने र सरकारी सम्पत्ति सकाउनेलाई बालेन सरकारले गर्ला कारबाही ?


ट्रेन्डिङ
खबरमुकाम







