काठमाडौं । गएको निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका सांसद केपी खानलको घर सरकारी जग्गामा रहेको भनेर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले लम्कीचुहा नगरपालिका–१ स्थित बसपार्कमा रहेको सरकारी जग्गामा घर बनाएको आरोप लागेको हो ।
शनिबारदेखि सामाजिक सञ्जालमा यो प्रकरण भाइरल भएपछि सरकारले सर्वसाधारणको घरमा जस्तै उनको घरमा पनि डोजर लगाएर भत्काउनु पर्ने आवाज व्यापक बनेको छ । सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सार्वजनिक तथा अतिक्रमित जग्गामा बनाइएका घर, टहरा लगायतका संरचनामा डोजर लगाइरहेका बेला उनको घर पनि भत्काउनु पर्ने आवाज व्यापक भएको हो ।
सांसद खनालको सचिवालयले भने देशभर अतिक्रमित संरचना हटाइरहेका बेला राजनीतिक प्रतिशोधका भरमा झुटो आरोप लगाएको दाबी गरेको छ । उनको सचिवालयमा रहेका हर्क पुनले खनालका बुबाआमाले भारतमा कमाएको पैसाले कैलालीको लम्कीमा घर बनाएको बताएका छन् । यद्यपी, सुदूरपश्चिमको तराई क्षेत्रमा धेरैजसो घरहरू ऐलानी जग्गामै रहेको उल्लेख गरेका छन् । जसले गर्दा सांसद खनालको पनि लालपूर्जा नभएको हुन सक्ने उनको भनाइ रहेकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






