काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ७ की चर्चित प्रतियोगी गायिका शीतल क्षेत्रीको ‘किन किन’ बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ । योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको यो गीत प्रेमका कोमल, चञ्चल र रोमाञ्चक भावनालाई केन्द्रमा राखेर तयार पारिएको छ । ‘किन किन चलबुले हुन्छ मन’ भन्ने आकर्षक मुखडाले गीतभरि प्रेममा पर्ने बेला आउने अनौठो उत्साह र हलचललाई व्यक्त गर्छ ।
निर्देशक अर्जुन तिवारीको निर्देशनमा तयार गरिएको भिडियोमा रोशन विश्वकर्माको अभिनय तथा कोरियोग्राफी देख्न सकिन्छ। भिडियोमा शितल क्षेत्रीको प्रस्तुति, भाव(भङ्गिमा र नृत्यले गीतको भावलाई थप जीवन्त बनाएको छ ।
विश्व अधिकारीको एरेञ्ज, शुभेक्षा बराइलीको कोरस तथा शंकर लिम्बुको रेकर्डिङ रहेको यो गीत ओपल रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो। भिडियोको सम्पादन तथा कलर दिन्सन शाहले गरेका हुन् भने क्यामेरामा मनोज खत्री रहेका छन् ।
राजेश क्षेत्रीको निर्माणमा एमबीए फिल्म्सको प्रस्तुतिमा आएको ‘किन किन’ ले आधुनिक नेपाली संगीतमा रोमान्टिक र ऊर्जाशील शैली प्रस्तुत गरेको छ। निर्माण टिमले भिडियो हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






