काठमाडौं । सरकारले सुकुम्बासीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा विभिन्न कारणले छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको हो ।
मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै स्थानान्तरणका क्रममा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक्ताका साथ दर्ता गरीएको भन्दै दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेको हो ।
वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि सरकारले डिजिटल लगत संकलनको कार्य अघि बढाउँदै उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको छ । उक्त होल्डिङ सेन्टरमा आवास, भोजन र स्वास्थ्य सेवाका साथै बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू पूर्ण रूपमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
वास्तविक भूमिहीन तथा आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो व्यवस्थापन आफैँ गर्न असमर्थ नागरिकहरूलाई राज्यले उपलब्ध गराएका यी सेवा र सुविधाहरूको लाभ लिन आग्रह गरिएको छ । सरकारले नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सडकमा अलपत्र परेका सबैलाई दशरथ रंगशालास्थित केन्द्रमा आई दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






