काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका १० जनालाई छोड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
केही दिन अगाडि धादिङकी शोभा भनिने जानुका पाठक र उनीहरुबीच घम्साघम्सी भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पाठकले उनीहरुका विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिएकी थिइन् । बिहीबार जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अम्बिकासहित आरोपित सबैजना अदालतमा उपस्थित भएका थिए । यसरी छुट्नेहरुमा गीता बस्नेत, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





