काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि आफ्ना सांसदहरुलाई दुई दिने प्रशिक्षण दिने भएको छ । रास्वपाले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’ शिर्षक राखेर सांसदहरुलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको हो ।
पार्टीकको केन्द्रीय प्रशिक्षण विभागले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन गर्ने कार्यक्रमको उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ ।
संसद्लाई प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । कार्यक्रमको पहिलो दिन आज महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा प्रशिक्षण दिने छन् ।
यस्तै, संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने भूमिका तथा सांसद निशा डाँगीले संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे विधिहरू प्रस्तुत गर्ने छिन् ।
भोलिसम्म चल्ने प्रशिक्षणमा सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् ।
आइतबार पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्यसहित प्रशिक्षण कार्यक्रमको समापन गर्ने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







