काठमाडौं । अमेरिकाले रुस र युक्रेनबीचको युद्ध तीन दिनका लागि रोक्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध मे ९ देखि ११ सम्म युद्धविरामको घोषणा गरेका हुन् ।
युद्धविरामको घोषणासँगै ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन् ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु– रुस र युक्रेनबिच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन् ।’
उनले अगाडि लेखेका छन्, ‘यस युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ । मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु ।’
ट्रम्पले यो युद्धविराम लामो, घातक र कठिन युद्ध अन्त्यको सुरुवात हुने विश्वास पनि व्यक्त गवरेका छन् ।
उनले भनेका छन्, ‘यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ ।’
अर्कातर्फ अमेरिका र इरानबिच भने विवाद बढेको छ । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






