काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया र कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको जनाएको छ । बाँकी तराईमा भने मौसम मुख्यतया सफा छ । अनि गण्डकी प्रदेशका एक( दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया र मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
यस क्रममा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।
साथै दिउँसो मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






