काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया र कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको जनाएको छ । बाँकी तराईमा भने मौसम मुख्यतया सफा छ । अनि गण्डकी प्रदेशका एक( दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया र मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
यस क्रममा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।
साथै दिउँसो मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





