काठमाडौं । सर्वोच्च अदालतले भ्रष्ट्राचार प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुृमार गुप्तालाई ५० लाख धरौटीमा छोड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्ववय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई ५० लाख नगद धरौट वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।
मङ्गलवार नै सो आदेश भएपछि धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो । पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई २०८२ पुस १७ मा विशेष अदालतले थुनामा राख्न आदेश गरेको थियो । सो आदेश अनुसार उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए ।
सर्वोच्चले पूर्वमन्त्री रन्जिता श्रेष्ठको हकमा विशेष अदालतले २०८२ फागुन १० मा गरेको आदेश सदर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






