काठमाडौं । सरकारले विभिन्न सञ्चार संस्थाको नेतृत्वका लागि दरखास्त आव्हान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेको हो ।
गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न मन्त्रालयले आव्हान गरेको छ ।
दरखास्त पेस गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






