काठमाडौं । सरकारले विभिन्न सञ्चार संस्थाको नेतृत्वका लागि दरखास्त आव्हान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेको हो ।
गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न मन्त्रालयले आव्हान गरेको छ ।
दरखास्त पेस गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





