काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोशी र मधेश प्रदेशका सांसदहरुसँग छलफल गर्ने भएका छन् । दुई प्रदेशमा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरुसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले सातवटै प्रदेशका सांसदहरुसँग छलफल गर्ने क्रममा आज दुई प्रदेशलाई रोजेका हुन् । उनले आज पहिलो चरणमा बिहान ११ बजे कोशी प्रदेशका सांसदसँग छलफल गर्नेछन् ।
कोशी प्रदेशका सांसदहरूसँगको छलफलपछि मधेश प्रदेशका सांसदसँग छलफल गर्ने तय भएको छ । मधेश प्रदेशका सांसदसँग दिउँसो साढे १ बजे छलफल हुनेछ ।
संसदमा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलहरूले दबाब सिर्जना गरेका छन् । त्यसले रास्वपा पनि दबाबमा परेको देखिन्छ । त्यसका साथै बजेट आउन लागेका कारण पनि सांसदहरूसँग रास्वपाले छलफल गर्न लागेको हो । मुख्यगरी संसद र बजेटसँग सांसदहरूको सुझाव लिनका लागि सभापति लामिछानेले छलफल गर्न लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





