काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकजना जिल्ला सभापतिलाई हटाएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता नै खारेज गरिएको हो ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई एक पत्र लेखी उनको सदस्यता खारेज गरिएको जानकारी दिएका छन् । पत्रमा २०८३ बैशाख ३० गतेको पार्टी केन्द्रीय बैठकको निर्णय अनुसार उनको सदस्यता खारेज भएको उल्लेख गरिएको छ भने उनलाई दिएको पत्रको बोद्धार्थ मधेश प्रदेश समिति र जिल्ला समति सर्लाहीलाई पनि दिइएको छ ।
गएको फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा बारा जिल्लाबाट निर्वाचित सांसदहरुले उनीविरुद्ध उजुरी दिएका थिए । जिल्ला सभापति स्वर्णकारले आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको आरोप उनीमाथि थियो । त्यही आरोप र उजुरीको आधारमा उनीमाथि कारबाही गरिएको बुझिएको छ ।
कारबाहीको पत्र पाएपछि स्वर्णकारलाई सामाजिक सञ्जालमार्फ सार्वजनिक गर्दै आफ्नो राजनीतिक जीवनको हत्या भएको गुनासो गरेका छन् । ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा । आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो ।’–उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






