काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकजना जिल्ला सभापतिलाई हटाएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता नै खारेज गरिएको हो ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई एक पत्र लेखी उनको सदस्यता खारेज गरिएको जानकारी दिएका छन् । पत्रमा २०८३ बैशाख ३० गतेको पार्टी केन्द्रीय बैठकको निर्णय अनुसार उनको सदस्यता खारेज भएको उल्लेख गरिएको छ भने उनलाई दिएको पत्रको बोद्धार्थ मधेश प्रदेश समिति र जिल्ला समति सर्लाहीलाई पनि दिइएको छ ।
गएको फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा बारा जिल्लाबाट निर्वाचित सांसदहरुले उनीविरुद्ध उजुरी दिएका थिए । जिल्ला सभापति स्वर्णकारले आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको आरोप उनीमाथि थियो । त्यही आरोप र उजुरीको आधारमा उनीमाथि कारबाही गरिएको बुझिएको छ ।
कारबाहीको पत्र पाएपछि स्वर्णकारलाई सामाजिक सञ्जालमार्फ सार्वजनिक गर्दै आफ्नो राजनीतिक जीवनको हत्या भएको गुनासो गरेका छन् । ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा । आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो ।’–उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





