काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले आफ्ना सांसदहरुमाथि नै हातपात गरेका छन् । बारामा आयोजित पार्टीको विस्तारित बैठकमा आन्तरिक विवाद चुलिँदा आफ्नै कार्यकर्ता सांसदमाथि खनिएका हुन् ।
टिकट वितरण र संगठन विस्ताजस्ता विषयलाई लिएर असन्तुष्ट पक्ष हात हालाहालमा उत्रिएपछि बैठकस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि रास्वपाका बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का चन्दन सिंह, क्षेत्र नम्बर ३ का अरविन्द साह र क्षेत्र नम्बर ४ का रहबर अन्सारी ज्यान जोगाउन बैठक स्थलबाट बाहिरिनु परेको थियो ।
उक्त बैठकमा रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई नियतवश संगठनबाट बाहिर राख्न खोजिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । जिल्लाका स्थानीय तह र वडाहरूमा जगैदेखि संगठन विस्तारमा खटिएका पुराना साथीहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा पाखा लगाउन खोजिएको भन्दै कार्यकर्ताहरू आक्रोशित बनेका थिए ।
लगनशील कार्यकर्तालाई टिकट दिनुको साटो सांसदहरूले पहिले नै टिकट बिक्री गरिसकेको रहस्य खुलेपछि बैठकमा भनाभन सुरु भई अन्ततः आक्रमणको रूप लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






