काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले आफ्ना सांसदहरुमाथि नै हातपात गरेका छन् । बारामा आयोजित पार्टीको विस्तारित बैठकमा आन्तरिक विवाद चुलिँदा आफ्नै कार्यकर्ता सांसदमाथि खनिएका हुन् ।
टिकट वितरण र संगठन विस्ताजस्ता विषयलाई लिएर असन्तुष्ट पक्ष हात हालाहालमा उत्रिएपछि बैठकस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि रास्वपाका बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का चन्दन सिंह, क्षेत्र नम्बर ३ का अरविन्द साह र क्षेत्र नम्बर ४ का रहबर अन्सारी ज्यान जोगाउन बैठक स्थलबाट बाहिरिनु परेको थियो ।
उक्त बैठकमा रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई नियतवश संगठनबाट बाहिर राख्न खोजिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । जिल्लाका स्थानीय तह र वडाहरूमा जगैदेखि संगठन विस्तारमा खटिएका पुराना साथीहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा पाखा लगाउन खोजिएको भन्दै कार्यकर्ताहरू आक्रोशित बनेका थिए ।
लगनशील कार्यकर्तालाई टिकट दिनुको साटो सांसदहरूले पहिले नै टिकट बिक्री गरिसकेको रहस्य खुलेपछि बैठकमा भनाभन सुरु भई अन्ततः आक्रमणको रूप लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





