काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले( ले आफ्नो सांगठनिक संरचनालाई चुस्त बनाउँदै आन्तरिक मर्यादाक्रम (वरीयताक्रम) अनुसारको जिम्मेवारी तोकेको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त र महाधिवेशनको म्यान्डेट अनुसार केन्द्रीय नेतृत्वको मर्यादाक्रम निर्धारण गरिएको दाबी पार्टी नेताहरुले गरेका हुन् ।
नेताहरुका अनुसार नीतिगत निर्णय, सांगठनिक परिचालन र आगामी राजनीतिक कार्यदिशा तय गर्न पदाधिकारीहरूको यो मर्यादाक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
शीर्ष नेतृत्वको कमाण्ड केपी शर्मा ओलीकै हातमा
एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सचिवालय सदस्यहरुको संकट तत्काललाई हटेको छ । पार्टीका नीति, रणनीति र राष्ट्रिय राजनीतिमा एमालेको अडान तय गर्ने मुख्य जिम्मेवारी फेरी पनि ओलीकै हातमा आएको छ । बहुमत सचिवालय सदस्यहरुले ओलीलाई पद छोड्न दबाब दिए पनि नेताहरु आफ्नो प्रयासमा असफल भएका हुन् ।
उपाध्यक्षदेखि सचिवहरूसम्मको वरीयता तोकियो
अध्यक्षपछिको महत्त्वपूर्ण तह उपाध्यक्षमा पाँच जना नेताहरू रहेका छन् । जसमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् । उनीहरूले पार्टीको आन्तरिक विभागहरू र राजकीय मामिला हेर्ने जिम्मेवारी सम्हाल्दै आएका छन् ।
त्यस्तै, पार्टीको सांगठनिक कमाण्डर र मुख्य प्रशासनिक पद महासचिवमा शंकर पोखरेल रहेका छन् । उनलाई सहयोग गर्न तीन जना उपमहासचिवहरू क्रमशः लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ सक्रिय छन् ।
पार्टीको भ्रातृ संगठन, प्रादेशिक समन्वय र जिल्ला तहसम्मको परिचालनमा नौ जना सचिवहरूको भूमिका शक्तिशाली देखिएको छ । सचिवहरूको मर्यादाक्रममा क्रमशः
छविलाल विश्वकर्मा
पद्मा अर्याल
खगराज अधिकारी
भानुभक्त ढकाल
यामलाल कँडेल
शेरधन राई
राजन भट्टराई
हिक्मत कार्की
महेश बस्नेत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम
- सुदुर पश्चिमबाट गगनको नेतृत्व स्वीकार नगर्ने देउवा पक्षको सन्देश
- कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई १० थान डोनर बेड सहयोग
- ‘संस्कृति र प्रकृतिको काखमा’ नारासहित भारतीय पर्यटकलक्षित कर्णाली टुरिजम मिट–२०२६ सुरु
- हुम्ला र बाजुराका स्थानीयबीच झडपः गोपाल हमालको टिम साइपाल नपुग्दै फर्कियो
- रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जानेः मोदीले देलान् त भेट ?
- पाँचथरमा बाढीपहिरोले ४ परिवार विस्थापित, १५ घर उच्च जोखिममा
- पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने सूचना



ट्रेन्डिङ
खबरमुकाम







