जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारको प्रक्रिया अन्तिम तयारीमा पुगेको बेला सत्तारुढ गठबन्धनभित्र देखिएको असन्तुष्टिले मन्त्री नियुक्ति कार्यक्रम रोकिएको छ । दलहरूबीच आवश्यक सहमति जुट्न नसक्दा सोमबार तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको हो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले गठबन्धनको भागबण्डाअनुसार नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिने तयारी गरेका थिए । यसका लागि एमालेका केही सांसदहरूलाई शपथ ग्रहणका लागि बोलाइएको भए पनि अन्तिम समयमा राजनीतिक सहमति नबनेपछि कार्यक्रम अगाडि बढ्न सकेन ।
सरकार विस्तारका विषयमा देखिएको विवाद समाधान गर्न गठबन्धनमा सहभागी दलहरूबीच लामो छलफल भएको थियो । छलफलपछि सरकार सञ्चालन, बजेट व्यवस्थापन, प्रशासनिक सुधार र विकास निर्माणका कामलाई व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न बुँदामा सहमतिको प्रारूप तयार गरिएको छ ।
स्रोतका अनुसार आगामी बजेटमा साना तथा छरिएका योजनालाई निरुत्साहित गर्ने, प्रतिस्पर्धामार्फत योजना कार्यान्वयन गर्ने, मन्त्रालयहरूको संख्या सीमित राख्ने तथा कर्मचारी व्यवस्थापनलाई पारदर्शी बनाउने विषयमा दलहरूबीच सकारात्मक समझदारी बनेको छ । कानुनी अवधि समाप्त भएका उपभोक्ता समितिसम्बन्धी निर्णयहरू पुनरावलोकन गर्ने विषय पनि सहमतिको खाकामा समेटिएको बताइएको छ ।
गठबन्धनका नेताहरूले तयार पारिएको सहमतिपत्रमा मंगलबार औपचारिक हस्ताक्षर गर्ने तयारी गरेका छन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरी नयाँ मन्त्रीहरूको शपथ गराउने योजना रहेको जनाइएको छ ।
राजनीतिक सहमति नहुँदा केही समयका लागि सरकार विस्तार प्रक्रिया प्रभावित भए पनि दलहरूबीच संवाद जारी रहेकाले निकट भविष्यमा मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






