काठमाडौं । देशभरको मौसममा फेरि बदली देखिएको छ। पश्चिमी वायु, स्थानीय वायु र पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा मौसम बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा पनि बादल लाग्ने सम्भावना रहेको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । यस्तै मधेश प्रदेशसहित ती प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम अपेक्षाकृत खुला रहने भएकाले तापक्रम बढ्ने र गर्मी महसुस हुने सम्भावना रहेको छ। त्यस क्षेत्रमा दिउँसोको समय बढी तातो हुन सक्ने मौसमविद्हरूको भनाइ छ ।
मौसमविद्हरूका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले कृषक, यात्रु तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।
आज रातिसमेत देशका अधिकांश हिमाली क्षेत्रमा बादल रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा जारी रहने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा, चट्याङ, हावाहुरी र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





