काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संसदबाट आफ्नो निष्कासनको माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थित गराउन नसक्ने भए आफूलाई निष्कासन गर्न माग गरेका हुन् ।
पहिले प्लेकार्ड देखाएका उनलाई सभामुख डोलप्रसाद अर्यालले बोल्ने अनुमति दिएका थिए । उक्त अनुमति पाउनासाथ राईले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन नसकेको भन्दै सभामुखको आलोचना गरे । संविधानको धारा सम्झाउँदै उनले आफूहरुको माग पुरा नगरेको गुनासो गरे ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम ३१ को उपनियम (१) बमोजिम निष्कासन गर्न माग गरेका हुन् ।
सभामुख अर्यालले बस्न अनुरोध गर्दा गर्दै साम्पाङ आफ्नो झोला बोकेर निस्किएका थिए । संसदको बैठक भने त्यसपछि पनि सुचारु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






