काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संसदबाट आफ्नो निष्कासनको माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थित गराउन नसक्ने भए आफूलाई निष्कासन गर्न माग गरेका हुन् ।
पहिले प्लेकार्ड देखाएका उनलाई सभामुख डोलप्रसाद अर्यालले बोल्ने अनुमति दिएका थिए । उक्त अनुमति पाउनासाथ राईले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन नसकेको भन्दै सभामुखको आलोचना गरे । संविधानको धारा सम्झाउँदै उनले आफूहरुको माग पुरा नगरेको गुनासो गरे ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम ३१ को उपनियम (१) बमोजिम निष्कासन गर्न माग गरेका हुन् ।
सभामुख अर्यालले बस्न अनुरोध गर्दा गर्दै साम्पाङ आफ्नो झोला बोकेर निस्किएका थिए । संसदको बैठक भने त्यसपछि पनि सुचारु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





