काठमाडौं । आज देशभर गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम गरिँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको अवसरमा यो दिवस मनाउने गरिएको हो ।
गणतन्त्र दिवसका अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ । हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा देशभरी सार्वजनिक बिदा दिने गरिएको छ ।
आजको समारोहमा राष्ट्रपति पौडेलको सम्बोधन हुने भए पनि प्रधानमन्त्री साहले भने सम्बोधन नगर्ने भएका छन् । अघिल्ला वर्षहरुमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





