काठमाडौं । आज देशभर गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम गरिँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको अवसरमा यो दिवस मनाउने गरिएको हो ।
गणतन्त्र दिवसका अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ । हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा देशभरी सार्वजनिक बिदा दिने गरिएको छ ।
आजको समारोहमा राष्ट्रपति पौडेलको सम्बोधन हुने भए पनि प्रधानमन्त्री साहले भने सम्बोधन नगर्ने भएका छन् । अघिल्ला वर्षहरुमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






