काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिका बीच सामदायिक विकास तथा विद्यार्थीलाई इन्र्टनशीप प्रदान गर्न समझारी कायम गरिएको छ । सोमबार कलेज र चाँगुनारायण नगरपालिका विच औपचारिक रुपमा समझदारी गरिएको हो ।
नगरपालिकाले कलेजका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता तथा सीप विकासमा प्रोत्साहन गर्न यो समझदारी गरिएको बताइएको छ । जसमा कलेजले सीपयुक्त जनशक्ति र अन्य प्राविधिक सहायताले समुदायको विकासमा स्थानीय नगरपालिकालाई सहयोग गर्नेछ ।
नगरपालिका र नगरपालिका अन्तर्गतका सबै स्थानीय वडाहरूले विद्यार्थीहरूको व्यावहारिक ज्ञान तथा कार्यानुभव अभिवृद्धि गर्न नेपाल इन्जिनियरिङ कलेजका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यूनतम ३ (तीन) महिना अवधिको इन्टर्नशिप प्रदान गर्ने समझदारी भएको कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए ।
कलेजका नवीन सोच, प्रविधि तथा परियोजना प्रस्तावमार्फत् छनोट भएमा विद्यार्थीहरूलाई चाँगुनारायण नगरपालिकाले नगरपालिकाको नीति–नियमबमोजिम आवश्यकताअनुसार आर्थिक सहयोग उपलब्ध गराउने, मार्गदर्शन तथा अवसर उपलब्ध गराउने सहमति गरिएको छ ।
कलेजले विद्यार्थीको ज्ञान, सीप र क्षमता निखार्न विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग तथा परामर्श संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । एकेडेमिया र इन्ड्रष्टी विचको दुरी कम गराउँदै देश र समुदायका लागि अपरिहार्य दक्ष जनशक्ति उत्पादनमा यस्ता सहकार्यले टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





