काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिका बीच सामदायिक विकास तथा विद्यार्थीलाई इन्र्टनशीप प्रदान गर्न समझारी कायम गरिएको छ । सोमबार कलेज र चाँगुनारायण नगरपालिका विच औपचारिक रुपमा समझदारी गरिएको हो ।
नगरपालिकाले कलेजका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता तथा सीप विकासमा प्रोत्साहन गर्न यो समझदारी गरिएको बताइएको छ । जसमा कलेजले सीपयुक्त जनशक्ति र अन्य प्राविधिक सहायताले समुदायको विकासमा स्थानीय नगरपालिकालाई सहयोग गर्नेछ ।
नगरपालिका र नगरपालिका अन्तर्गतका सबै स्थानीय वडाहरूले विद्यार्थीहरूको व्यावहारिक ज्ञान तथा कार्यानुभव अभिवृद्धि गर्न नेपाल इन्जिनियरिङ कलेजका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यूनतम ३ (तीन) महिना अवधिको इन्टर्नशिप प्रदान गर्ने समझदारी भएको कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए ।
कलेजका नवीन सोच, प्रविधि तथा परियोजना प्रस्तावमार्फत् छनोट भएमा विद्यार्थीहरूलाई चाँगुनारायण नगरपालिकाले नगरपालिकाको नीति–नियमबमोजिम आवश्यकताअनुसार आर्थिक सहयोग उपलब्ध गराउने, मार्गदर्शन तथा अवसर उपलब्ध गराउने सहमति गरिएको छ ।
कलेजले विद्यार्थीको ज्ञान, सीप र क्षमता निखार्न विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग तथा परामर्श संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । एकेडेमिया र इन्ड्रष्टी विचको दुरी कम गराउँदै देश र समुदायका लागि अपरिहार्य दक्ष जनशक्ति उत्पादनमा यस्ता सहकार्यले टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता, ग्राहक तथा कर्मचारीलाई १५ प्रतिशतसम्म छुट
- चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजविच समझदारी
- इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
- कर सुधार र अन्तःशुल्क खारेजी ऐतिहासिक, विद्युत् र ईभीमा थपिएको कर पुनर्विचार होस्– चेम्बर
- संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
- भारत गए रास्वपा सभापति लामिछाने
- भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला
- प्रधानमन्त्री बालेन अभिव्यक्तिको तरंग, माफी माग्न झलनाथ खनालको चेतावनी



ट्रेन्डिङ
खबरमुकाम





