काठमाडौं । सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर ‘नेपाली ब्रो’को उपनामले चिनिएको कुमार थापा मगर आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेका छन् । शुक्रबार राति आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मगरले सैनिक सेवामा रहेकी आफ्नी श्रीमतीलाई शुक्रबार राति १० बजेको समयमा रड प्रहार गरेका थिए । स्थानीयले तत्कालै थाहा पाएर नजिकको अस्पतालमा लगे पनि उनको त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । अत्याधिक रक्तश्रावका कारण अस्पताल लैजाँदै गर्दा ईश्वरीको मृत्यु भएको थियो ।
‘नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन् । उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो । कुमारलाई शुक्रबार राति बालाजुबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए । उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् । कुमार र ईश्वरी ४२ वर्षका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





