काठमाडौं । सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर ‘नेपाली ब्रो’को उपनामले चिनिएको कुमार थापा मगर आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेका छन् । शुक्रबार राति आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मगरले सैनिक सेवामा रहेकी आफ्नी श्रीमतीलाई शुक्रबार राति १० बजेको समयमा रड प्रहार गरेका थिए । स्थानीयले तत्कालै थाहा पाएर नजिकको अस्पतालमा लगे पनि उनको त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । अत्याधिक रक्तश्रावका कारण अस्पताल लैजाँदै गर्दा ईश्वरीको मृत्यु भएको थियो ।
‘नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन् । उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो । कुमारलाई शुक्रबार राति बालाजुबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए । उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् । कुमार र ईश्वरी ४२ वर्षका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






