काठमाण्डौं । आज काठमाण्डौं र ललितपुरका झन्डै १ सय ठाउँमा ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा अहिले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।
नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के.भी. स्युचाटार सवस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।
सटडाउन अवधिमा काठमाण्डौ उपत्यका भित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाले आज र भोलि ६९ जिल्लामा अधिवेशन गर्दै
- उपत्यकाका यी एक सय ठाउँमा आज ४ घण्टा बत्ती नहुने
- ‘नेपाली ब्रो’ कुमारद्वारा आफ्नै श्रीमतीको हत्या, मध्यरातमा प्रहरीको नियन्त्रणमा
- आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना
- कोरोला नाकाबाट ल्याईंदै गरेका ७७४ गाडी नियन्त्रणमा
- भक्तपुरको विद्यालयमा आगलागी हुँदा ठूलो क्षति
- रवि लामिछाने फर्किएपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने
- अमेरिका र इरानबीच फेरी चर्कियो तनाव



ट्रेन्डिङ
खबरमुकाम







