काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहसँग आबद्ध युवा नेताहरूले जेठ ३० गते काठमाडौंमा बृहत् युवा भेला आयोजना गर्ने भएका छन् । पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो ।
युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिएको जानकारी अनुसार भेलाका लागि पाँच प्रमुख एजेन्डा तय गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र भ्रातृ संस्थाका तदर्थ समितिहरू खारेज गर्ने, क्रियाशील सदस्यता अद्यावधिकका क्रममा हुने भनिएका अनियमितता रोक्ने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने तथा पार्टी नेतृत्व र जिम्मेवारीमा युवा पुस्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
आयोजकका अनुसार कार्यक्रममा सभापति शेरबहादुर देउवा तथा नेता डा. शेखर कोइराला निकट युवा नेताहरूको उपस्थिति रहनेछ ।
भेलाको संयोजन भुपेन्द्रजंग शाही, धमेन्द्र नेम्वाङ, खगेन्द्र मल्ल, दीपक भट्टराई, मनोहरि श्रेष्ठ, दुजाङ शेर्पा, प्रेमिका राना, सागर परियार, रिता शाही, मैना कार्की, चन्दा जोशीलगायतका युवा नेताहरूले गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





