काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जनाएको छ । विभागले नियमित मौसम बुलेटिन मार्फत यस्तो जानकारी दिएको हो ।
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको विभागको भनाइ रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो भने बिहीबार पनि यसले निरन्तरता पाउनेछ ।
आज कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





