काठमाडौं । विशेष सरकारी वकिलको कार्यालय, काठमाडौंले व्यवसायी तथा बिचौलिया दीपक भट्ट, उनका साझेदार साहिल अग्रवाल, शंकरलाल अग्रवाल र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा दायर अभियोगपत्रमा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा बिगो कायम गरिएको छ । अभियोजन पक्षले बिगोबमोजिम जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरेको छ ।
अभियोगपत्रअनुसार उनीहरुविरुद्ध बैंकिङ कसूर तथा आर्थिक अनियमिततासम्बन्धी आरोप लगाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा सम्पत्तिको स्रोत, बैंक खातामार्फत भएका कारोबार तथा रकम स्थानान्तरणका विवरणसमेत अभियोगपत्रमा समेटिएको छ ।
नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले उपलब्ध गराएको विवरणअनुसार उनीहरूले बैंकबाट लिएको ऋण तोकिएको व्यावसायिक प्रयोजनमा प्रयोग नगरी अन्य क्षेत्रमा लगानी गरेको आरोप छ । उक्त कार्यबाट बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को उल्लंघन भएको निष्कर्ष निकालिएको अभियोजन पक्षको दाबी छ ।
अनुसन्धानका क्रममा दीपक भट्टले अधिकांश रकम सानेपास्थित घरजग्गा खरिदका लागि अग्रवाल परिवारसँग बैना स्वरूप लिएको र पछि साँवा तथा ब्याजसहित फिर्ता गरेको बयान दिएका छन् । यस्तै, शंकरलाल अग्रवाल तथा उनका छोराहरू साहिल र सुलभ अग्रवालले पनि भट्टलाई सापटी दिएको बयान दिएका छन् ।
उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा भने छुट्टै अनुसन्धान जारी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







