काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको आरोपमा दर्ता भएको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी पक्षको बहस सम्पन्न भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि सुरु भएको सुनुवाइ बिहीबार पनि जारी रहेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
अदालतले अब यस मुद्दाको थप सुनुवाइ शुक्रबार गर्ने जनाएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासमा चलिरहेको सुनुवाइमा नेपाल सरकारका तर्फबाट बहस सकिएको अदालत स्रोतले जनाएको छ । अब जाहेरवालाका तर्फबाट बहस सुरु हुने र त्यसपछि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो पक्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस प्रकरणमा पहिलो चरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यसपछि फरार रहेका बेचन झाविरुद्ध २०८१ वैशाख ९ र साउन २९ गते थप अभियोग दर्ता गरिएको थियो ।
हाल रायमाझीसहितका मुख्य प्रतिवादी तथा बेचन झा पुर्पक्षका लागि थुनामा छन् । उनीहरूमाथि ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ ।
मुद्दामा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन, सागर राई, बेचन झा र प्रतिक थापालगायतलाई पनि प्रतिवादी बनाइएको छ ।
लामो समयदेखि चर्चामा रहेको यो प्रकरणको अन्तिम फैसला कस्तो आउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






