चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ प्रतिनिधि चयन गरेको छ । प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत चयन भएका हुन् ।
पार्टीको संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना प्रतिनिधि चयन भएका छन् । त्यस्तै, विधानअनुसार पार्टी सभापतिबाट एक सय ३८ जना मनोनयन गरिएका छन् भने समूहगत रूपमा पार्टीमा प्रवेश गरेका व्यक्तिमध्ये एक सय ९२ जनालाई प्रतिनिधि बनाइएको छ ।
प्रदेशगत रूपमा कोशीबाट ३६४, मधेशबाट ६३०, बागमतीबाट ७९४, गण्डकीबाट ४५४, लुम्बिनीबाट ६२१, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति तथा उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । साथै, प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीसमेत प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।
यसैगरी, संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रअन्तर्गत रहेका ३८ विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट पनि ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएका छन् । साथै, प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बनेर पराजित भएका तथा समानुपातिक सूचीमा रहेका व्यक्तिहरूलाई पनि महाधिवेशन प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू समेत महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






