काठमाडौं । नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान अमेरिकाको न्युयोर्कमा भएको खेलमा सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै नर्वे अन्तिम ३२ अर्थात् नकआउट चरणमा पुगेको हो ।
नर्वेको जितमा स्टार फरवार्ड अर्लिङ हालान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे । सेनेगलका स्पाइला सारले दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो जितसँगै नर्वेले दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । सोही समूहबाट फ्रान्स पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
लगातार दोस्रो हार बेहोरेको सेनेगल भने समूह चरणबाटै बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







