काठमाडौं । क्रोएसियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा पानामालाई १–० गोलले पराजित गरेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा एन्टे बुडिमिरले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ५३औँ मिनेटमा जोसिप स्टानिसिचको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि कुनै टोलीले सफलता हासिल गर्न सकेन र खेल १–० को नतिजामा सकियो ।
यो जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको क्रोएसियाले यो जितपछि तीन अंक जोडेको छ ।
यता, लगातार दोस्रो हार बेहोरेसँगै पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ । पानामा पहिलो खेलमा घानासँग १–० गोलले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा पानामाले इंग्ल्यान्डसँग तथा क्रोएसियाले घानासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





