काठमाडौं । क्रोएसियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा पानामालाई १–० गोलले पराजित गरेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा एन्टे बुडिमिरले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ५३औँ मिनेटमा जोसिप स्टानिसिचको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि कुनै टोलीले सफलता हासिल गर्न सकेन र खेल १–० को नतिजामा सकियो ।
यो जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको क्रोएसियाले यो जितपछि तीन अंक जोडेको छ ।
यता, लगातार दोस्रो हार बेहोरेसँगै पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ । पानामा पहिलो खेलमा घानासँग १–० गोलले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा पानामाले इंग्ल्यान्डसँग तथा क्रोएसियाले घानासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







