काठमाडौं । देशका विभिन्न भूभागमा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । मनसुन अझै देशभर पूर्ण रूपमा सक्रिय नभएकाले केही स्थानमा तातो दिन तथा तातो लहरको अवस्था रहने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ । मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोसी प्रदेशको तराईका थोरै स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मीका कारण तातो दिनको अवस्था रहने अनुमान गरिएको छ ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । साथै, कोसी प्रदेशको तराईका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । अन्य भूभागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






