काठमाडौं । प्रहरीले सुदुरपश्चिमको कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ गरेको छ । पत्रकार भण्डारीलाई जिल्ला प्रहरी कञ्चनपुरको टोलीले आज बिहान जिल्लाको भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको हो ।
उच्च अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै भण्डारीलाई उच्च अदालतले एक महिना सात दिन कैदको फैसला सुनाएको थियो ।
यसअघि पत्रकार भण्डारीलाई एक महिना कैदका साथै १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला जिल्ला अदालतले गरेको थियो ।
उच्चले एक महिना सात दिन कैद, १२ हजार एक सय रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





