काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को प्रतिस्पर्धामा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पहिलो अग्रता भने क्रोएसियाले लिएको थियो ।
खेलको ५३औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । तर, पोर्चुगलले ६८औँ मिनेटमा पुनरागमन गर्यो । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
निर्धारित समय सकिएपछि थप गरिएको इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए ।
इन्जुरी समयमै क्रोएसियाले जाली चुमाए पनि उक्त गोलले मान्यता पाएन । त्यसपछि थप गोल हुन नसक्दा पोर्चुगल विजयी बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





