काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी प्रवेश गरेपछि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको खानेपानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार लगातारको वर्षापछि मुहानको पानी अत्यधिक धमिलो बनेकाले प्रशोधन प्रक्रिया प्रभावित भएको हो ।
त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रतर्फ पानीको प्रवाह अस्थायी रूपमा रोकिएको छ । केयूकेएलका अनुसार मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरिनेछ र पूर्वनिर्धारित तालिकाअनुसार काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु गरिनेछ ।
केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दले वर्षा निरन्तर जारी रहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौंमा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





