काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी प्रवेश गरेपछि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको खानेपानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार लगातारको वर्षापछि मुहानको पानी अत्यधिक धमिलो बनेकाले प्रशोधन प्रक्रिया प्रभावित भएको हो ।
त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रतर्फ पानीको प्रवाह अस्थायी रूपमा रोकिएको छ । केयूकेएलका अनुसार मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरिनेछ र पूर्वनिर्धारित तालिकाअनुसार काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु गरिनेछ ।
केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दले वर्षा निरन्तर जारी रहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौंमा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






