काठमाडौं । साविक विजेता अर्जेन्टिनाले संघर्षपूर्ण प्रदर्शन गर्दै पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । मियामीमा ६४ हजार ४७८ दर्शकमाझ शुक्रबार राति भएको रोमाञ्चक अन्तिम–३२ को खेलमा अर्जेन्टिनाले दुई पटक अग्रता बनाए पनि केप भर्डेले दुवै पटक उत्कृष्ट पुनरागमन गर्दै खेललाई अतिरिक्त समयसम्म पुर्याएको थियो । अन्ततः अतिरिक्त समयको दोस्रो हाफमा आएको आत्मघाती गोल अर्जेन्टिनाको जितको आधार बन्यो ।
यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग भेट पक्का गरेको छ । दुवै टोलीबीचको खेल मंगलबार एटलान्टामा हुनेछ । अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनल मेसीको शानदार गोलबाट अग्रता लिएको थियो । लिसान्ड्रो मार्टिनेजको लामो पासलाई मेसीले बायाँ खुट्टाको बाहिरी भागले उत्कृष्ट नियन्त्रण गर्दै शक्तिशाली प्रहारमार्फत जाली चुमाएका थिए । प्रतियोगितामा मेसीको यो सातौँ तथा विश्वकप इतिहासमा २०औँ गोल हो ।
दोस्रो हाफमा भने केप भर्डेले प्रभावशाली पुनरागमन गर्यो। ५९औँ मिनेटमा कप्तान रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले उत्कृष्ट फिनिसिङ गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको पहिलो हाफको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले आकर्षक प्रहारमार्फत अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए । तर केप भर्डे फेरि पनि पछि हटेन । १०३औँ मिनेटमा लेफ्ट ब्याक सिड्नी लोपेस काब्रालले सुन्दर कर्लिङ प्रहारमार्फत बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए ।
खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला अतिरिक्त समयको दोस्रो हाफको छैटौँ मिनेटमा अर्जेन्टिनाले भाग्यमानी गोल पायो । मेसीको कर्नरमा क्रिस्टियन रोमेरोले गरेको हेड केप भर्डेका डिफेन्डर डिने बोर्जेसको हातमा लागेर दिशान्तर हुँदै गोलमा परिणत भयो । सोही आत्मघाती गोल नै खेलको निर्णायक बन्यो ।
त्यसपछि केप भर्डेलाई फेरि बराबरी गर्ने सुनौलो अवसर मिलेको थियो । सिड्नी लोपेस काब्रालले फ्रिकिकमार्फत उत्कृष्ट प्रहार गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले शानदार बचाउ गर्दै टोलीको जित सुरक्षित गरे ।
विश्व वरियतामा ६७औँ स्थानमा रहेको तथा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डे पराजित भए पनि प्रतियोगिताभर आफ्नो निर्भीक प्रदर्शनले सबैको प्रशंसा बटुल्न सफल भयो । समूह चरणमा स्पेन, उरुग्वे र साउदी अरेबियालाई बराबरीमा रोक्दै नकआउट चरण पुगेको केप भर्डेले यस खेलमा पनि तीन पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई अन्तिम क्षणसम्म कडा चुनौती दिएको थियो ।
विशेषगरी केभिन पिना, भोजिन्या, पिको लोपेस र सिड्नी लोपेस काब्रालले उत्कृष्ट प्रदर्शन गरे । तर अन्तिम समयमा आएको आत्मघाती गोलले केप भर्डेको ऐतिहासिक यात्रामा पूर्णविराम लाग्दा अर्जेन्टिना भने उपाधि रक्षा अभियानलाई निरन्तरता दिन सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारका १०० दिन पूर्ण रुपमा असफल भएः प्रचण्ड
- तेहरानमा खामेनीको अन्त्येष्टिमा जनसागर, करोडौँ सहभागी हुने इरानको दाबी
- बागमतीको बजेट पारित गराउन कांग्रेसको ह्विप
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात
- सरकारलाई सीमामा काँडेतार लगाउन चुनौती दिँदै ‘नवल खड्का’ पुस्तक तिङ्करको १ नम्बर सीमा स्तम्भमै विमोचन
- अर्जेन्टिनाको कठिन जित, केप भर्डेलाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश
- अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा
- आज पनि देशका यी स्थानमा पर्नेछ पानी

ट्रेन्डिङ
खबरमुकाम






