घरमै सुतिरहेका आमा–छोरा जंगली हात्तीले लियो ज्यान

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको छ ।

शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेका बेला आक्रमण गर्दा उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो ।

वडा अध्यक्ष दीपक दवाडीका अनुसार हात्तीलाई धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका थिए ।

घटनालगत्तै शनिबार राति चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, भरतपुर महानगरपालिका–२३ को वडा कार्यालय, नयाँ गोरखा गण, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिबीच छलफल भएको थियो ।

छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक पहल गर्ने, मृतक परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत तत्काल राहत उपलब्ध गराउने, घर पुनर्निर्माणको व्यवस्था गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक उपाय तत्काल लागू गर्ने सहमति भएको वडा अध्यक्ष दवाडीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै