डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते 

कालिकोट । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति लेदोसहितको बाढी आउँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट हिलो, माटो र ढुङ्गासहित आएको बाढी गाउँमा पसेको प्रहरीले जनाएको छ । डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते हुनेमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेका छन् । उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढीले मानिसलाई करिब १५–१६ मिटरसम्म बगाएको थियो । बाढीका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनले बताएका छन् ।

बाढीले गाउँमा उल्लेखनीय भौतिक क्षति पनि पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार स्थानीय सहकारी भवन, खाद्य गोदाम तथा ७–८ वटा घरमा क्षति पुगेको छ भने एउटा घर पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।

घटनापछि माझगाउँ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार तथा राहत कार्य सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै