काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई बयानका लागि सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ ।
विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा बाटो म्यादबाहेक एक साताभित्र ललितपुरको हरिहर भवनस्थित विभागको कार्यालयमा उपस्थित भई बयान दिन निर्देशन दिएको हो ।
विभागले तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।
जयविर देउवा सम्पर्कमा नआएपछि विभागले बूढानीलकण्ठस्थित देउवा परिवारको पुरानो निवासमा सार्वजनिक सूचना टाँसेर उपस्थित हुन आग्रह गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





