जयविरको निवासमा सम्पत्ति शुद्धीकरण विभागको सूचना 

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई बयानका लागि सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा बाटो म्यादबाहेक एक साताभित्र ललितपुरको हरिहर भवनस्थित विभागको कार्यालयमा उपस्थित भई बयान दिन निर्देशन दिएको हो ।

विभागले तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।

जयविर देउवा सम्पर्कमा नआएपछि विभागले बूढानीलकण्ठस्थित देउवा परिवारको पुरानो निवासमा सार्वजनिक सूचना टाँसेर उपस्थित हुन आग्रह गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै