काठमाडौं । काठमाडौंको बुद्धनगर क्षेत्रमा डेरा गरी बस्दै आएका एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार बिहान करिब ६ः२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठाभित्र शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उनको उद्धार गरेको थियो । उनी घाइते अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । हाल उनको उपचार भइरहेको छ भने घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
पछिल्ला केही दिनयता आत्मदाहका घटनाले चिन्ता बढाइरहेका छन् । बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए, जसको उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै, शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





