काठमाडौं । काठमाडौंको बुद्धनगर क्षेत्रमा डेरा गरी बस्दै आएका एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार बिहान करिब ६ः२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठाभित्र शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उनको उद्धार गरेको थियो । उनी घाइते अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । हाल उनको उपचार भइरहेको छ भने घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
पछिल्ला केही दिनयता आत्मदाहका घटनाले चिन्ता बढाइरहेका छन् । बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए, जसको उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै, शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





