काठमाडौं । लगातारको वर्षापछि बागमती नदीको जलस्तर बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।
बाढीको पानी होल्डिङ सेन्टरभित्र प्रवेश गरेपछि त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापित परिवारहरू सुरक्षित स्थानतर्फ सारिएका छन् । यससँगै उनीहरू फेरि एकपटक विस्थापनको मारमा परेका छन् ।
गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित विषयगत क्लस्टरहरू परिचालन गरिएको छ । प्रभावित परिवारका लागि तत्काल खाना, शुद्ध खानेपानी तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । साथै, वर्षा जारी रहेकाले बाढीको जोखिम अझ बढ्न सक्ने भन्दै सम्बन्धित निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





