काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा सारिएको छ ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएपछि शव आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको थियो । तर परिवारले शव बुझ्न अस्वीकार गरेपछि सुरक्षित राख्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार परिवारले जिम्मा नलिएसम्म शव शवगृहको शीत भण्डारण (फ्रिज) मा राखिनेछ ।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार निधन भएको थियो ।
परिवारले घटनाप्रति असन्तुष्टि जनाउँदै आफ्नो माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएको जनाएको छ । यस घटनाअघि मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग उनको विवाद भएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
यस घटनाको वास्तविक कारण र त्यससँग सम्बन्धित अन्य पक्षबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





