काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन भएको छ । शनिबार बिहान आफ्नै निवासमा आत्मदाहको प्रयास गरेका राउतको उपचारको क्रममा शनिबार वीर अस्पतालमा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ५० वर्षीय राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएका थिए। घटनामा उनी करिब ५० प्रतिशत जलेका थिए ।
गम्भीर अवस्थामा रहेका राउतलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
राउतले आत्मदाह प्रयास गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





