बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गरीमा शनिबार यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
गम्भीर घाइतेहरूको उद्धार तथा थप उपचारका लागि सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको छ । अन्य घाइतेहरूको पनि उद्धार तथा उपचारको व्यवस्था भइरहेको जनाइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





