काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आइतबार विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि र पूर्वतर्फ नेपालको तराई नजिक रहेकाले वर्षाको प्रभाव बढ्ने देखिएको हो ।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार आज देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा धेरै स्थानमा तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
विभागका अनुसार मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । रातिको समयमा पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बदली कायम रहने र वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ ।
राति विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । यी तीनै प्रदेशका केही स्थानमा अति भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराईका होचा स्थानमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





