काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनपछि उनका परिवार र सरकारबीच निरन्तर वार्ता जारी रहेको छ । तर, घटनाको जिम्मेवारी राज्यले स्वीकार नगरेसम्म शव नबुझ्ने अडान परिवारले कायम राखेको छ ।
परिवारले मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएपछि घटनाक्रमले दुःखद रूप लिएको दाबी गर्दै दोषीमाथि कारबाही, निष्पक्ष छानबिन र सरकारको स्पष्ट प्रतिबद्धता माग गरेको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी प्रतिनिधि र परिवारबीच शनिबार रातिसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन । सहमति नजुटेकाले शव बुझाउने प्रक्रिया रोकिएको छ भने पोस्टमार्टमसमेत हुन सकेको छैन ।
वीर अस्पतालमा शव लामो समय राख्न आवश्यक पूर्वाधार नभएकाले गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जस्थित शवगृहमा सारिएको छ ।
घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिले नगर प्रहरीको भूमिका, ह्विल लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मुगुको सोरु गाउँपालिका–६ स्थायी घर भएका गणेश नेपाली भक्तपुरको कमलविनायक क्षेत्रमा बसोबास गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





