काठमाडौं । मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट सुरु गरेको पैदल न्याय मार्च चौथो दिन पनि निरन्तर अघि बढेको छ । २५ असारदेखि सुरु भएको यात्रा आज सर्लाहीको लालबन्दीबाट काठमाडौंतर्फ अगाडि बढाइएको हो ।
आयोजकका अनुसार राज्यको ध्यानाकर्षण गराउँदै मिटरब्याज पीडितका समस्या समाधान र विगतका सहमति कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो मार्च काठमाडौं नपुगेसम्म नरोकिनेछ ।
मार्चमा सहभागी सयौँ पीडितहरूले ‘चुपचाप तमसुक फाड’, ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेर सरकारसँग न्यायको माग गरिरहेका छन् । उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन् ।
आन्दोलनकारीहरूको भनाइमा सरकारले मिटरब्याज पीडितसँग यसअघि चारपटक विभिन्न सहमति गरे पनि ती कार्यान्वयन नभएकाले फेरि आन्दोलनको बाटो रोज्न बाध्य भएको हो । उनीहरूले सरकारले तत्काल प्रतिबद्धता कार्यान्वयन गरी पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् ।
आयोजकका अनुसार यात्रा निर्धारित तालिकाअनुसार अघि बढिरहेको छ र करिब एक साताभित्र काठमाडौं पुगेर थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





